१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

करोडौँ कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो



काठमाडौं । बैंकिङ तथा किर्ते लिखत बनाई झन्डै तीन करोड रुपैयाँ कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ बस्ने ४३ वर्षीय केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई आज काठमाडौं ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

ललितपुर जिल्ला अदालतले वि.सं. २०७७ पुस २० गतेको फैसलाले सरकारी छाप तथा दस्तखत किर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर)लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुंगानाको संलग्नता रहेको खुल्न आएपश्चात् ०७५ पुस ४ गते पक्राउ अनुमति लिई खोजी सुरु गरिएको थियो । त्यस बेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न ०७५ पुस १७ गते ‘डिफ्युजन’ जारी भएको र उक्त डिफ्युजन ०७८ वैशाख ३१ गते ‘रेड कर्नर नोटिस’मा रूपान्तरण भएको थियो । खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी ०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको नेसनल सेन्ट्रल ब्युरोसँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ । उनीसहित १२ जनाले काठमाडौं र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ रकम लिएका थिए । बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो ।

त्यसपश्चात प्रतिवादीले बैंकलाई हानि-नोक्सानी पुर्‍याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कार्बाही गर्न उक्त ब्युरोमा ०७५ मंसिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुंगानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात किर्ते बनाई पेस गरेको खुल्न आएको थियो ।

उनीहरूविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते कसुर शीर्षकमा काठमाडौं जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० वटा मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुंगानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : १९ बजे

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक