२१ भदौ २०८३, आइतबार | September 6, 2026

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने



हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ ।

छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छानविन टोली आज जिल्ला आउने जानकारी दिए ।

सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेशनको चामल, पिठो, दाल, नून, चिनी खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखाका कर्मचारीले २० प्रतिशत छुटमा बिक्री नगरी पुरानै मूल्यमा बिक्री गरेको समाचार प्रकाशन भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १ : ५८ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी