२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अफगानिस्तानमा रहेका नागरिकलाई भारतस्थित दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह



काठमाडौं । सार्क मुलुक अफगानिस्तानको अधिकांश भूभाग विद्रोही तालिवानले कब्जा गर्न थालेपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

हालसम्म सरकारसँग अफगानिस्तानमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै छ्रैन । नेपालबाट रोजगारीको गन्तव्य नभएपनि अफगानिस्तानमा सयौं नेपाली कार्यरत रहेका छन् । अमेरिकी लगायत नेटो देशका दूतावासका लागि काम गर्ने विभिन्न भेन्डर कम्पनीहरुमार्फत ती नेपाली अफगानिस्तान पुगेका छन् । तर अमेरिकाले एकाएक सेना फिर्ता गरेपछि ग्रिन जोनमा बसेर काम गर्ने विदेशी नागरिक तालिवानको निशाना बन्ने आशंकमा ती देशहरुले धमाधम आफ्ना नागरिक फिर्ता गरेका छन् । नेपालले भने बल्ल त्यहाँ रहेका आफ्ना नागरिकलाई सम्पर्कमा आउन तयारी गर्दैछ ।

अफगानिस्तानमा अनौपचारिक क्षेत्रमा काम गर्ने झण्डै १५ सय नेपालीलाई अरु कर्मचारीहरुसँगै सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले बताए । सचिव पौडेलले उअलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएका छन् । सो समितिले अफगानिस्तानमा रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि योजना बनाउनेछ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा परराष्ट्र सचिव पौडेलले त्यहाँ कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको जानकारी गराएका छन् । श्रम मन्त्रालयमा आइतवारै बसेको बैठकले अफगानिस्तानका विभिन्न सहरमा रहेका नेपालीलाई उद्धारका लागि तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ । श्रम मन्त्रालयका अधिकारीहरु र वैदेशिक रोजगार व्यवसायी संघ बीचको बैठकले युद्धग्रस्त अफगानिस्तानमा अलपत्र नेपालीलाई भारतस्थित नेपाली दूतावासको सम्पर्कमा आउन आग्रह गरेको हो।
दूतावासको सम्पर्कमा आएपछि मात्रै उनीहरुको उद्दार सम्भव रहेको बताइएको छ ।

अमेरिकाले अचानक अफगानिस्तान छोडेपछि तालिवान विद्रोहीहरुले देशका विभिन्न भूभाग कब्जा गर्दै राजधानी काबुलसम्मै पुगेका छन् । विद्रोहीहरु कावुल पुगेपछि राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई काबुल प्रवेश गर्ने गेटमै रोकिन निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ४ : ३२ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको