११ बैशाख २०८१, मंगलबार | April 24, 2024

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजनिक गरिने



उदयपुर । त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ ।

कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका छन् ।

यसै क्रममा प्रहरी उपरीक्षक सुवास बोहराले अबका तीन दिनभित्र कृशलाको हत्यामा संलग्न अभियुक्त र हत्याको सबै सत्यतथ्य सार्वजनिक गरिन लागेको बताए ।

बुबा प्रेमका अनुसार त्रिनपा-६ मोहनपुकी कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला यही साउन १३ गते जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन् ।

सोही दिनदेखि उनी बेपत्ता भएको र व्यापक खोजी गर्ने क्रममा साउन १९ गते नजिकैको चुरे जङ्गलस्थित राजदेवी सामुदायिक वनको एकान्त कुनामा उनको शव नचिन्ने अवस्थामा फेला परेको उनले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ४७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना