१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेशको तत्कालिन सरकारले गरेको भनिएको एक निर्णय : मुख्यमन्त्री कार्यालय भन्छ -‘थाहा छैन’



बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारका प्रवक्ताले मन्त्रिपरिषदको निर्णय भन्दै सुनाएको निर्णयहरु हुँदै नभएको मुख्यमन्त्री कार्यालयले स्पष्ट पारेको छ । पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै गरेको भनिएको लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको सरुवाको निर्णय कहीँ नभेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको हो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिँदै तत्कालिन सरकारका प्रवक्ता समेत रहेका अर्थिक माकिला तथा योजना मन्त्री बैजनाथ चोधरीले मेसु डा. राजेन्द्र खनाललेलाई रेडियोलोजी बिभागमा सरुवा गरेको जानकारी दिएका थिए । त्यस सम्बन्धमा मेसु परिवर्तन भएको खबर सार्वजनिक भएसँगै अर्का एक चिकित्सकलाई मेसु नियुक्त भएको भन्दै बधाईको ओईरो समेत आएको थियो । तर खबरकुरासँग कुरा गर्दै मुख्यमन्त्री कार्यालयका सचिव एवं प्रवक्ता डा. खगेन्द्र प्रसाद सुबेदीले त्यस्तो निर्णय भएको कुनै कागजपत्र नआएको बताए । उनले हटाउने र नियुक्त गर्ने निश्चित प्रक्रिया हुने र त्यस्ता कुनै प्रक्रिया र कागजपत्र कार्यालयमा प्राप्त नभएको स्पष्ट पारे । ‘सरुवा गरेको भन्ने कुनै प्रक्रिया पुगेको डकुमेण्ट फर्मल्ली हामीसँग आएको छैन ।’ उनले भने, -‘एउटा निबेदन आएको हो, जुन आउनु स्वाभाविक हो, तर प्रक्रिया पुगेको थिएन ।’

उता तत्कालिन सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने सरकारले मेसु हटाउने निर्णय गरेको दाबी गरे । कर्मचारीले कुनैपनि बहानामा निर्णय फेरबदल गर्न नपाउने बताउँदै पूर्व मन्त्री चौधरीले जुन सरकार आएपनि पुर्ववत मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने बताए । कर्मचारीले अन्तसन्त गरे त्यसको हिसाव किताव सदनमा हुने चेतावनी समेत उनले दिए । ‘मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन गर्नु कर्मचारीको दायीत्व हो, यो एउटा ईस्टिच्युसनल मेमोरी पनि कुरा हो, अन्तसन्त गर्न पाईँदैन ।’ उनले भने ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताए । उनले बजारमा आएको चर्चा आफुलाई अस्वाभाविक लागेको बताउँदै उनले त्यसबाहेक आफुलाई कुनै पत्र वा जानकारी नआएको बताए । ‘रेडियोलोजी बिभागका प्रमुखलाई रडियोलोजी बिभागमा सरुवा गरियो भन्ने जुन हल्ला आएको थियो त्यो पत्याउने खालको थिएन ।’ उनले भने ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान