१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कुलमानको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । उर्जामन्त्री पम्फा भुसालसँगको सहमतिमा अर्को जिम्मेवारीमा जान तयार भएको भनिएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङले पदबहाल गरेको १ साता मौन बसेका शाक्यले आज एक्कासी प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । भिसीङको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ ।

सरकारले स्पष्टिकरण सोधेर हटाउने प्रक्रिया अगाडि सारेपछि अक्षमताको आरोपमा नहट्ने र सम्मानजनक अर्को जिम्मेवारी दिए मार्ग प्रसस्त गर्न तयार रहेको भन्ने शाक्यको अभिव्यक्ति आएसँगै सरकारले उनलाई उर्जा आयोगमा खाइपाई आएको सुबिधा नघट्ने गरि जिम्मेवारी दिएर घिसीङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

शाक्यले आदालतमा दायर गरेको ​रिट निवेदनमा पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको तथा कुलमानलाई सो पदमा नियुक्त गर्दा ‘संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गरिएको बताईएको छ । विद्युत प्राधिकरणमा आफैंलाई बहाल गरि निरन्तर काम गर्न पाउने गरि अन्तरिम आदेशको समेत माग गरिएको छ ।

शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ०७ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०