२५ चैत्र २०८२, बुधबार | April 8, 2026

नक्कली स्मार्ट लाइसेन्स् बनाईदिने समुहका दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) बनाएर बिक्री गर्ने २ जनालाई नियन्त्रणमा लिएकोछ ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयको टोलिले नक्कली स्मार्ट लाईसेन्स र कर तिरेको नक्कली रसिद समेत बनाईदिने ललितपुर महानगरपालिका–२,बुङमती घर भई हाल जोरपाटी बस्दै आएका प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका- ६ घर भई हाल मुलपानी बस्दै आएका कल्पना दाहाल रहेका छन् । पक्राउ परेकाहरुले यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमति पत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वनरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानी स्थित राईजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

तुलाधरबाट आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतीपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीले बरामद गरेको थियो । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मुलपानीबाट नियन्त्रणमा लिएको हो। दाहालको साथबाट गिताकुमारी ठकुरीको नाममा जारी भएको सवारी चालक अनुमतीपत्रनं. ०१-०६-००६८३४३८ भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ।

ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउपरेका दुवैजनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरीबृत्त, सिंहदरवारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : २६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास