१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालकोटमा, संसद अधिवेशन अन्त्यपछिको रणनिती निर्माण बैठकको एजेण्डा



काठमाडौं । सरकारले एकाएक दुबै संसदको जारी अधिवेशनको अन्त्य गरेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने अनुमानका आधारमा आन्तरिक रणनीति बनाउन ओलीले आकस्मिक बैठक बोलाएको बताईएको छ ।

ओली निवास बालकोटमा बोलाईएको स्थायी कमिटी बैठकमा भाग लिन उपत्यकामा उपलब्ध स्थायी कमिटीका सदस्यहरु बालकोट पुगिसकेका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर देउवा सरकारले माधव नेपाल पक्षलाई पार्टी विभाजन गर्न सजिलो बनाईदिने तयारी गरेको एमालेको ठहर छ । सरकारले एकाएक दुबै संसदको अधिवेशन आजै मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेसँगै एमालेले देउवा रणनितीको आँकलन गर्दै बैठक बोलाएको हो ।

एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीच पार्टी एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्ने संकेत देखिएको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ०३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान