२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

केन्द्रीय कमिटीमा चार जनालाई मनोनयन गर्ने एमाले स्थायी कमिटीको निर्णय



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले आजको बैठकले गरेको निर्णय १० र ११ भदौमा हुने केन्द्रीय कमिटी बैठकमा पेश गरिने बताए । गुरुङका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्टिय स्तरमा भइरहेका घटना, गठबन्धन सरकारले गरेका क्रियाकलाप, ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बारे मन्तव्य राखेका थिए ।

यस्तै, बैठकले राजनीतिक प्रतिवेदन बारे छलफल, केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेका निर्णय अनुमोदन, निर्वाचन मस्यौदा कार्यदलले गरेको काममाथि छलफल, निर्वाचन परिचालन कमिटीको जिम्मेवारी बारे पनि चर्चा गरेको छ । बैठकले पार्टीको वार्षिक बजेट पनि पास गरेको प्रचार विभाग प्रमुख गुरुले बताए ।

गुरुङका अनुसार अहिले नेकपामा प्रवेश गर्नेको लहर चलेको छ र यो लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि गरेको छ ।

आजकै बैठकले केन्द्रीय सल्लाहकारमा तीन जनालाई मनोनयन गरेको छ । काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकारमा मनोनयन भएका हुन् ।

बैठकले उम्मेदवार छानोटको प्रक्रिया र मापदण्डसम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको आगामी बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

हाल नेकपा एमालेमा आठ लाख ५५ हजार सात सय ५३ जना पार्टी सदस्य रहेको र यसमध्ये ५२ हजार पाँच सय ५० जनाको पार्टी सदस्यता नम्बर दोहोरिएको फेला परेको छ । यसलाई व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

बैठकमा गण्डकीबाहेक ६ प्रदेशका इन्चार्जहरूले अहिलेको शक्ति सन्तुलनको स्थिति र आ–आफ्ना प्रदेशमा पार्टी संगठनको गतिविधि कस्तो छ भनेर उनीहरूले रिर्पोटिङ गरेका छन् ।

स्थायी कमिटीका १३ जना सदस्यले पार्टी अध्यक्षको भनाइप्रति मन्तव्य राखेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ४ : ३४ बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल