३१ असार २०८२, मंगलबार | July 15, 2025

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आजबाट शुरु हुँदै, विश्वासको मत भने एक दुई दिन पछि लिने सरकारकाे तयारी



बुटवल । लुम्बिनी प्रदेशमा सरकार फेरिएपछिको पहिलो प्रदेशसभाको नर्वाैं अधिवेशन आजबाट शुरु हुँदैछ । संविधानको धारा १६८(२) अनुसार नियुक्त भएका मुख्यमन्त्री कुल प्रसाद केसीले संसदको विश्वासको मत लिने यो अधिवेशनको प्रमुख कार्यभार हुनेछ ।

आज दिउँसो १ बजेबाट प्रारम्भ हुने प्रदेशसभाको हिँउदे अधिवेशनमा आजै मुख्यमन्त्री केसीले विश्वासको मत माग्ने सम्भावनाको चर्चा रहेपनि मुख्यमन्त्री केसीले आजै विश्वासको मत नलिने भएका छन् । छिट्टै विश्वासको मत लिने काम हुने निर्णय भएपनि आजै विश्वासको मत लिने कार्यक्रम नरहेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बताए ।

संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशनको पहिलो दिनमै विश्वासको मत लिएका कारण लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री केसीबाट त्यही शैली दोहोरिने अनुमान गरिएको थियो ।

सत्तारुढ गठबन्धन नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले १-२ दिनमै विश्वासको मत लिने प्रस्ताव संसदमा जाने भएपनि आजै हतार सो एजेण्डा नभएको बताए । आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने तथा नवनियुक्त मुख्यमन्त्रीलाई शुभकामना दिने काम मात्र हुन सक्ने बताए ।

मुख्यमन्त्री केसीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको बुझिएको छ । दलहरुमा मन्त्री बन्ने आकाक्षिहरुको संख्या ठुलो भएका कारण दलहरुले मन्त्री छान्ने गृहकार्य शुरु गरेका छन् । प्रदेशमा कांग्रेसलाई ४, माओवादी केन्द्रलाई ४ र जसपालाई ३ मन्त्री दिने सहमति भएको नेताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ८ : २९ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी । गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३

सम्मरीमाई र मर्चवारीमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

बुटवल । रुपन्देहीको सम्मरीमाई र मर्चवारी गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एक

२४ लाख ५० हजार घुस रकमसहित भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित ३ जना अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत

भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त

काठमाडौँ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य

कान्ति मावि बुटवलको अध्यक्षमा जीवन वझा चयन

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय