९ असार २०८३, मंगलबार | June 23, 2026

एमाले अध्यक्ष ओलीको जलहरी भाकल देखि लुम्बिनीका मुख्यमन्त्री केसीको मुक्तिनाथ दर्शन : कम्युनिष्ट विचारको स्खलन



बुटवल । समान्यतया कम्युनिष्टहरुले धर्मलाई नशा मान्ने गर्दछन् । द्वन्दात्मक भौतिकवादलाई जीवनशैलीमा प्रयोग गर्ने भएका कारण कम्युनिष्टहरुले विज्ञानले प्रमाणित गरेका कुराहरुलाई मात्र स्विकार गर्दछन् । कम्युनिष्ट कार्याकर्ताहरुले आफुलाई सच्चा कम्युनिष्ट बनाउन धर्म निरपेक्ष बनाउँदछन् । सबै धर्मको सम्मान गरेपनि आफै धर्मको माला जपेर हिँड्दैनन् । तर नेपाली कम्युनिष्ट नेताहरुको जीवन शैली भने ‘कहिँ नभएको जात्रा हाँडिगाँउमा’ भने जस्तै छ । आफुलाई खाँटी कम्युनिष्ट हुँ पनि भन्छन् तर अन्धविश्वास र रुढिबाढीलाई अङ्गाल्दै हिँड्न पनि छाड्दैनन् ।

आफुलाई महान कम्युनिष्ट नेता थान्ने एमाले अध्यक्ष केपी ओलीको अयोध्या रथ आरोहण र पशुपतिमा जलहरी भाकल गर्ने अभियानबाट शुरु भएको कम्युनिष्ट विचारको स्खलन यात्रा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी साेनामको विश्वासको मत पाउन सकियोस् भन्दै स्थानीय मुक्तिनाथ मन्दिरको पुजा अर्चना सम्म पुगेको छ ।

त्यसो त देवासुर संग्राम जस्ता रुढीवाद विरोधी दर्शन लेख्ने महान कम्युनिष्ट नेता मोदनाथ प्रश्रित शिक्षा मन्त्री हुँदा मौला पुजा गर्दै बलिदिएर मन्त्रालय प्रवेश गरेको घटना पनि नेपाली कम्युनिष्ट आन्दोलनमा नसुनिएको होईन । तर जनयुद्धका नाममा राजनीति धर्म सापेक्ष होईन धर्म निरपेक्ष हुन्छ भन्दै भाषण गर्दै हिँडेका माओवादी कमाण्डरहरु पनि सत्तामा पुगेपछि मठ मन्दिर धाउँदै भाकल गर्दै, पुजा गर्दै हिँड्नुलाई भने समाजले अनौठो तरिकाले ग्रहण गरेकाे छ । गत साउन २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुल प्रसाद केसी सोनाम निष्ठा पूर्वक मुक्तिनाथ मन्दिर पुगेर पुजा अर्चना गर्दै मन्दिरका महन्त लोकानन्द स्वामीबाट आशिर्वाद लिएर फर्केका छन् । साउन महिनाको अन्तिम सोमबार पारेर मुख्यमन्त्री सोनाम मुक्तिनाथ मन्दिर पुगेका थिए ।

सोनामकै पार्टी नेकपा माओवादी केन्द्रलाई भने जनयुद्धकालबाटै अन्धविश्वास र रुढिवादी चिन्तनको अन्त्य गर्ने नाममा मठ मन्दिर भत्काएको कतिपय स्थानमा पुजारी कुटेको आरोप लाग्दै आएको छ । माओवादीले भौतिवादी दर्शनबाटै प्रेरित भएर धेरै स्थानमा जबर्जस्ती मन्दिरमा दलितहरुलाई प्रवेश गराएको, छाउपडि प्रथा कायम गराउने अभिभावकलाई जनकारवाही गरेको, गुठीको जग्गा कब्जा गरेर स्कुल, पुस्तकालय बनाएको, महलिालाई प्रवेश निषेध भनिएका मन्दिरहरुमा जबर्जस्ती महिलाबाट पुजा गराईएको घटनाहरु धेरैले सम्झी रहेका छन् । युद्धकालमा झारफुक गर्ने र झाँक्री बस्ने धेरै स्थानीयहरु गाँउबाट लखेटिएका घटना पनि सबैका सामु ताजा नै रहेकाे छ ।

समय फेरिँदै गएपछि सत्ता स्वादसँगै हिजोका दिनमा ‘धर्म अफिम हो’ भन्दै निपेक्षताको पाठ सिकाउने कम्युनिष्ट नेताहरुको भक्तिभावले कम्युनिष्ट दर्शन एकादेशको कथा बन्दै गएको देखिएको छ । कम्युनिष्टहरुको यो प्रवृत्तिलाई बामपन्थी लेखक ऋषी आजाद साँस्कृतिक स्खलन थान्छन् । आन्दोलनका मार्चामा, युद्धको मैदानमा, नागरिकको जुलुसमा ईश्वर नदेख्ने तर सत्ता, संसद र बुहदलिय प्रतिस्पर्धामा जलहरी र मठ मन्दिर धाउने बानी अवसरबाद र सांस्कृतिक स्खलन भएको आजादको ठहर छ । उनले यो प्रवृक्तिको अन्त्यका लागि बामपन्थी शक्तिहरुको संयुक्त सांस्कृतिक मोर्चा बनाएर सांस्कृतिक आदत बसाल्न अभियान थाल्नुपर्ने थान्दछन् ।

बामपन्थी लेखक एवं विश्लेषाक नरेन्द्रजङ् पिटरले भने कम्युनिष्टहरुले विचारलाई केवल ‘ट्रेडमार्क’ मात्र मान्न थालेपछि पुजाआजा, दान धर्म, भाकल गर्ने कार्यलाई स्वाभाविक थान्छन् । विचारलाई ‘ट्रेडमार्क’ मात्र बुझेर राजनीति गर्नेको परिणाम यस्तै हुन्छ । नेपालमा कम्युनिष्ट विचारलाई ट्रेडमार्क बनाउनेहरुको संख्या धेरै देखिने गरेको चर्चा गर्दै विश्लेषक पिटरले यो कम्युनिष्ट आन्दोलनका लागि दुर्भाग्य भएको बताउँछन् । पिटरको भनाईमा कम्युनिष्ट हुनुको आधारभुत सर्त नै भौतिकवादी हुनु हो । ‘जो भौतिकवादी हुन सक्दैनन् उ कम्युनिष्ट हुनै सक्दैन ।’ उनले भने, – ‘याे साेनामका लागि दुर्भाग्य हाेईन कम्युनिष्टका लागि दुर्भाग्य हाे ।’

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १० : १७ बजे

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम

काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका

रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत

एमबाप्पेको दुई गोलमा इराक पराजित, फ्रान्स नकआउट चरणमा

काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको