१ पुस २०८२, मंगलबार | December 17, 2025

सरकारले ल्यायो पार्टी फुटाल्ने अध्यादेश, २० प्रतिशत सदस्यले फुटाउन पाउने



काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ ।

राजनीतिक दल विभाजन गर्न सजिलो हुनेगरी सरकारले अध्यादेश ल्याएको हो । यसअघिको कानूनी प्रावधानलाई संशोधन गर्दै पार्टीको संसदीय दल वा केन्द्रीय कमिटीका २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने गरी अध्यादेश जारी भएको छ । यो अध्यादेशका कारण नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षललाई दल विभाजन गर्न सजिलो बनेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कुनै पनि राजनीतिक दल विभाजन हुन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनै पर्थ्यो ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अध्यादेश जारी गरेको हो । एमालेको माधव नेपाल समुहलाई सजिलो बनाउनकै लागि यो अध्यादेश जारी भएको हो । अध्यादेशको एमालेले कडा विरोध गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ३० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष