१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज १ बजेबाट आह्वान भएको लुम्बिनी प्रदेशसभा बैठक २ बजे सम्म बस्न सकेन



बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीको प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने पत्र कार्यान्वयन नभए संसद अवरुद्ध गर्ने तयारी गरेको छ।

एमालेको सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका शाही र अदालतले भङ्ग गरिदिएको नेकपाको सुर्य चिन्हबाट चुनाव लडेर निर्वाचित विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत कार्य गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभाका सभामुखलाई पत्र बुझाएकोमा संसद बैठक शुरु हुनु अघि पत्र कार्यान्वयन हुनु पर्ने एमालेको माग छ । पत्र अनुसार २ जना सांसदलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेले चेतावनी दिएको छ ।

प्रमुख विपक्षीको यस्तो चेतावनी आएपछि १ बजेबाट बस्ने भनिएको प्रदेशसभाको बैठक २ बजे सम्म शुरु हुन सकेको छैन । संसद शुचारु गर्ने सम्बन्धमा सभामुख पुर्ण घर्तीले सत्तारुदलसंग परामर्श गरिरहेका छन् ।

प्रदेशसभा सदस्य अजय शाही संसदमा स्वतन्त्र हैसियत हुने सर्तमा २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले र माओवादी एकिकरण पछि बनेको नेकपाको उम्मेदवारका रुपमा सुर्य चिन्हबाट चुनावमा भाग लिएकी थिईन् ।

शाहीले चुनावमा भाग लिने बेलामा नै स्वतन्त्र हैसियत कायम रहने सर्तमा चुनाव लडेकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। सांसद वली भने फागुन २३ गते सर्वोच्चबाट एमाले र माओवादी केन्द्रलाई अलग गराईदिएको झण्डै १ महिनापछि चेत्रको अन्तिम साता आफुले माओवादी केन्द्र रोज्ने भन्दै पत्रकार सम्मेलन गरेर खलेकी थिईन् ।

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : १६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्