२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल पक्षीय सांसदको चेतावनी – केपी ओलीको जालझेल विरुद्ध जस्तोसुकै निर्णय लिन तयार छौं



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले गरेको एकलौटी निर्णय तत्काल फिर्ता लिन दवाव दिएको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले केपी ओलीले जालझेल गरेर गरेका निर्णयहरु फिर्ता नलिए आवश्यक्ताले अघि बढ्ने स्पष्ट पारे । खतिवडाले भने, ‘केपीको कदम पार्टी विभाजन गर्ने प्लान र प्रयत्नमा छ, हामी अन्तिमसम्म एकता होस् भन्ने प्रयत्न गर्नेछौँ ।’

“हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, वर्तमान राजनीतिक स्थिति, अध्यादेश, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालेझेललाई कसरी क्रस गर्ने भन्ने विषयमा परामर्श भएको हो ।

खतिवडाले आफुहरुलाई टार्गेट गरेर अध्यादेश नआएको दाबी गरे । खतिवडाले भने, ‘हाम्रा लागि अध्यादेश आएको होइन, हामी त ३०÷४० प्रतिशत नै छौँ, बरु महन्थ ठाकुर जीहरुका लागि सजिलो पार्न २० प्रतिशत भए पार्टी फुटाउन पाउने अध्यादेश आएको होला ।’

बैठकमा माधव पक्षका नेताहरुले सरकारले ल्याएको अध्यादेशका विषयमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ५ : ०५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको