६ बैशाख २०८१, बिहिबार | April 19, 2024

फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश



काठमाडौं । सरकारले राजनीतिक दल विभाजनमा सहज हुनेगरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो । सो अध्यादेश मंगलबार नै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश ल्याउने निर्णय गराएर प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । त्यसक्रममा अध्यादेशलगायतका विषयमा छलफल भएको थियो । सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेपछि कानुनी मान्यता पाउनेछ ।

अघिल्लो सरकारको पालामा जुनसुकै अध्यादेश तथा निर्णय तत्काल जारी हुने गरेकोमा अहिले भने केही समय राष्ट्रपतिले अड्काएर राख्न सक्ने सम्भावना छ । सरकारले सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा राष्ट्रपति भण्डारीले कानुनी परामर्श गरेर मात्रै जारी गर्ने तयारी गरेकी छन् ।

यसअघि, सर्वोच्च अदालतले ओली नेतृत्वको सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा दीर्घकालीन महत्वको विषयमा संसद् छलेर अध्यादेश जारी गर्न नमिल्ने व्याख्या गर्दै २७ जेठमा फैसला गरेको थियो । अदालतको यो फैसलाका कारण नागरिकता अध्यादेश निष्क्रिय बन्न पुगेको थियो ।

सर्वोच्चले प्रतिनिधि सभाको विघटन बदर गर्ने परमादेशका क्रममा पनि बजेट अध्यादेशको विषयमा केही उल्लेख गरेकाले अदालतको त्यस्तो आदेश यो प्रकारको अध्यादेश जारी गर्दा आकर्षित हुन्छ कि हुँदैन भनेर कानुनी परामर्श गरेर मात्र राष्ट्रपतिले अहिलेको अध्यादेश जारी गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राजनीतिक दल विभाजन गर्न संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पु¥याउनैपर्ने विद्यमान कानुनी व्यवस्था रहेको छ । आफ्नो पार्टीको बहुमत पुर्याइराख्न राजनीतिक नेतृत्वले विद्यमान व्यवस्थालाई संसद् छलेर अध्यादेश जारी गर्ने गरेका छन् । यसअघि नेकपा एमाले तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ वैशाख २०७७ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाउने काम गरेका थिए ।

सो अध्यादेश राष्ट्रपति भण्डारीले तत्काल जारी गरेकी थिइन् । त्यतिबेला तत्कालीन सत्तारूढ नेकपा र अन्य राजनीतिक दलहरूले चौतर्फी कडा विरोध जनाएपछि १२ वैशाखमा प्रधानमन्त्री ओलीले खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको थियो ।

गत वैशाखमा दल विभाजनका लागि अध्यादेश ल्याउँदा त्यसको विरोधमा उत्रिनेमा अहिलेका प्रधानमन्त्री शेरबबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेकामा अहिले भने उनीहरू अध्यादेशको पक्षमा रहेका छन् ।

नेकपा एमालेभित्रको विवाद लामो समयदेखि रहँदै आएकोमा अध्यादेशसँगै पार्टी फुटका लागि सहजता पैदा हुने देखिएको छ । जसपाभित्र पनि आधिकारिकता गुमाइसकेको महन्थ ठाकुरलगायतका नेताहरूलाई बाहिरिन सहज भएको छ ।

सरकारले अध्यादेशमा दल विभाजनका लागि ३० प्रतिशत राखेर ल्याउने तयारी गरे पनि जसपाका नेताहरूले आफ्नो पार्टीलाई समेत सहज हुनेगरी अध्यादेश ल्याइदिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले २० प्रतिशत राखेरै अध्यादेश ल्याएको बताइएको छ । जसपाका महन्थ ठाकुर पक्षीय नेताहरू बिहानै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ६ : ३७ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी