१ पुस २०८२, मंगलबार | December 16, 2025

अफगानिस्तानमा अझै ४ सय ३७ नेपाली उद्धारको पर्खाइमा



काठमाडौं । सशस्त्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले सो जानकारी गराएको विभागले जनाएको छ ।

यी दुई मेनपावर कम्पनीले हालसम्म अफगानिस्तानबाट ३ सय ३० जना नेपाली कामदारको सकुशल उद्धार भइसकेको जानकारी दिए । मेनपावर कम्पनीले विभागलाई ३ सय ३० जना कामदारलाई उनीहरू कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी दिएको छ ।

विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले दुईवटा मेनपावरबाट संस्थागत रूपमा अफगानिस्तान पुगेकाहरूको धमाधम उद्धार थालिएको बताए । विभागका अनुसार श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्नेहरूको संख्या करिब १ हजार ५ सय जना रहेको छ ।

छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट त्यहाँ पुग्नेहरूको संख्यासहित हाल अफगानिस्तानमा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन । त्यहाँ कार्यरत नेपाली कामदारहरूको भनाइअनुसार वैधानिक र अवैधानिक रूपमा गरी हाल अफगानिस्तानको विभिन्न ठाउँमा करिब १४ हजार नेपाली नागरिक रहेका छन् ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार पनि गरेको थियो ।

मंगलबार काठमाडौं आइपुगेका सबै नेपाली कामदारलाई अमेरिकाले आफ्नो खर्चमा उद्धार उडानमार्फत स्वदेश फर्काइदिएको हो । सरकारी तथ्यांकअनुसार हालसम्म अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली विभिन्न देशको कूटनीतक नियोगमा कार्यरत रहेको पाइएको छ । अहिलेसम्म सम्पर्कमा आएकाहरूलाई सम्बन्धित देशकै नियोगहरूले उद्धार गरेर नेपाल पठाउन थालेका हुन् । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ६ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष