१३ श्रावण २०८३, बुधबार | July 29, 2026

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल खोल्ने तयारी



काठमाडौं । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो ।

विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिशपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी सकारात्मक देखिएको हो ।

सीसीएमसीले विभागसँग ट्रायल परीक्षामा भीडभाड हुने भएकाले कडा स्वास्थ्य मापदण्डसहितको योजना मागेको थियो । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डअनुसारको ट्रायलका लागि मापदण्ड बनाएर शुक्रवार सीसीएमसीमा पेश गर्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । ‘सीसीएमसी ट्रायल खोल्न सकारात्मक रहेकोमा हामीले त्यसअनुसार मापदण्ड पनि बनाएका छौं,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर आगामी सातादेखि ट्रायल खोल्ने तयारी थाल्न यातायात कार्यालयलाई पनि भनिसकेका छौं ।’

सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले सीसीएमसी ट्रायल खोल्ने विपक्षमा पहिले पनि नभएको भन्दै यसका लागि विभागलाई स्वास्थ्य मापदण्ड बनाएर पठाउन भनिएको बताए । ‘सीसीएमसी ट्रायल खोल्नुपर्छ भन्ने पक्षमै छ, तर भीडभाड हुने भएकाले कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भनेर हामीले योजना मागेका छौं,’ उनले भने, ‘विभागले मापदण्ड अपनाएर योजना बनाए अनुमति दिन्छौं ।’

विभागले साउन अन्तिम सातादेखि नै ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको थियो । कार्यालयहरू पनि त्यसअनुसार तयार भएरै बसेकाले सीसीएमसीको निर्णयलगत्तै ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : ४४ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद