७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालगन्ज भन्सार छलेर ट्रक भरी खसी भित्रियो, खजुरा पुगेपछि प्रहरी नियन्त्रणमा



नेपालगन्ज । नेपालगन्ज भन्सार छलेर भित्रिधएको एक ट्रक खसी बोका नेपाली गाँउ पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र र नेपाल प्रहरी सहित भन्सार कर्मचारीको २४ सै घण्टा ड्युटी हुने भन्सार नाका हुँदै ट्रकभरीको खसी बोका नेपालको गाँउ पुगेपछि मात्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय धर्नालीको टोलिले खजुरा ८ चमकदारपुरबाट ४४ वटा खसी बोका सहितको ट्रक नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका १४ का २० वर्षिय दिपक रानाले चलाई रहेको भे १ क १२४३ को मिनि ट्रकमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राईएको खसीबोका र ट्रक सहित रानालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

ट्रक सहितको अन्दाजी मुल्य ९ लाख ४० हजार निर्धारण गरि आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल