७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवाद्वारा बंगलामुखीस्थित कुम्भेश्वर मन्दिरको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर्माण गरिएको छ ।

उनले भने, ‘जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर प्रतिस्थापन गर्ने कार्य भएको छ, यो अति महत्वपूर्ण, प्राचीन मन्दिर हो । ६४ ज्योतिर्लिङ्गेश्वर मध्येमा सर्वेश्वर महादेव पनि पर्छ, यसलाई सर्वेश्वर, कुम्भेश्वर, मुत्युञ्जय महादेव पनि भनिन्छ, यो मन्दिरको क्षति २०७२ सालको महाभूकम्पले गरेको थियो, जसमा १२ गतेको भूकम्पले केही क्षति गर्यो भने २९ गतेको भूकम्पले धेरै क्षति गरेको थियो, त्यसपछि तीन वटा तला भत्काएर निर्माण सम्पन्न भएको हो ।’

यो काठमाडौंको पाँचतले मन्दिरमध्येको प्रमुखमा गनिन्छ, यो धेरै पुरानो मन्दिर हो ।

६४ ज्योतिर्लिङ्गेश्वर मध्येमा पर्ने कुम्भेश्वर महादेवको दर्शन मात्र गर्नाले पनि मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११