४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल पक्षको साथ छाडेका नेताहरुको अन्ततः नेपाल नेतृत्वकै पार्टीमा खुल्ने संकेत



काठमाडौं । एमाले विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरूको बैठकले अन्ततः माधव नेपाल नेतृत्वमा पार्टीमा सहभागी हुने संकेत गरेको छ । आज अपरान्ह बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिने अल्टिमेटम दिने र कार्यान्वयन नभएर नेपाल नेतृत्वको पार्टीमा खुल्ने संकेत गरेको हो ।

भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका नेताहरूको बैठकले अध्यक्ष ओलीलाई १०बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिनको अल्टिमेटम दिने निर्णय गरेको हो । बैठकले पाँच दिनभित्र ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपाललाई साथ दिने सहमति भएको बताईएको छ ।

अध्यक्ष केपी ओली समयमा नसच्चिएको अवस्थामा नेपाल पक्षमा जानुपर्ने हुन सक्छ बैठकमा सहभागी एक नेताले बताए ।

शुरुदेखि नेपाल पक्षको मोर्चाको नेतृत्व गरिरहेका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरासहितका नेताहरुले अन्तिममा अध्यक्ष ओलीले उनीहरु बाहेकका माधव नेपाल सहित १४ जनालाई निष्काशन गरेपछि भने नेपालको साथ छाडेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ६ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको