१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कारवाहीमा परेका १४ नेतालाई मान्यता नदिन आयोगलाई एमालेको आग्रह, नाम दर्ता भएका ७ जनाको सनाखत नहुने



काठमाडौं । नेकपा एमालेले नव गठित नेकपा (एकीकृत समाजवादी) का १४ केन्द्रीय सदस्यहरुलाई मान्यता नदिन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । एमालेले प्रक्रिया पुरा गरेर कारवाही गरेका कारण दल दर्तामा उनीहरुको हस्ताक्षरलाई मान्यता नदिन आयोगलाई आग्रह गरेको हो । त्यस्तै विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका झलनाथ खनालसहित ७ जना नेताहरुले शुूमा पेश भएको निवेदनमा हस्ताक्षर नगरेका कारण उनीहरुको सनाखत नहुने भएको छ ।

एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाले निवेदनमा हस्ताक्षर नगरेका कारण उनीहरुको सनाखत नहुने भएको हो ।

नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ । तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाले निवेदनमा हस्ताक्षर गरेका छैनन् भने हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ । दल विभाजनकै पक्षमा देखिएपनि निवेदनमा हस्ताक्षर नभएका कारण विभाजनको गणनामा उनीहरुले मान्यता नपाउने भएको आयोगले जनाएको छ । निवेदनमा हस्ताक्षर भएकाहरुलाई मात्र सनाखतका लागि बोलाईएको आयोगका सचिव सुरेश अधिकारीले बताए । आयोगले सनाखथका लागि साढे २ घण्टाको समय सिमा तोकेको छ ।

७ जनाको सनाखतबाट नाम हटेपछि साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुने बताइएको छ ।

एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ३ : १६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान