३ भदौ २०८३, बुधबार | August 19, 2026

कार्यकर्ता तान्न ओली-नेपाल होडबाजी



काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता-कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता-कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन ।

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन् । २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन् । खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ ।

रिक्त ५५ केन्द्रीय सदस्यको सिफारिस नेपाललाई छाडेर एमालेमा रहेका १० स्थायी कमिटी सदस्यले गर्नेछन् । ‘पार्टीमा आएको समस्या हल गर्ने सम्बन्धमा सबै नेता लागेका छन्, समस्या हुँदैन । अहिलेको अवस्थामा रिक्त पदमा कसरी मनोनयन गर्ने भन्ने सम्बन्धमा छलफल जारी छ’, एमाले स्रोतले भन्यो ।

केन्द्रीय समितिमा ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् । उनीहरूले देशभरका नेता-कार्यकर्तासँग छलफलपछि सिफारिस गर्ने भएका छन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमतिअनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशनअघि नै लगाइनेछ । ‘प्रक्रिया अघि बढिसकेको छ, केही दिनमै टुंगो लाग्छ’, तामाङले भने, ‘विधान अधिवेशनअघि रिक्त ५५ र मनोनयनमा पर्ने २० पदमा गरी ७५ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ ।’ उनका अनुसार निर्वाचन आयोगले दल रोज्न दिएको समय सकिएपछि मनोनयनले पूर्णता पाउनेछ ।

एमाले सम्बद्ध अर्को स्रोतका अनुसार नेकपा एस तिर नेता-कार्यकर्ता नजाऊन् भन्नका लागि अहिलेसम्म सबैलाई सम्पर्क गरेर पार्टीमा उचित जिम्मेवारी दिने तयारी थालिएको छ । नेकपा एस का अध्यक्ष नेपालले पनि एमालेमा छँदा आफू निकट नेतालाई नयाँ पार्टीमा आउन र जिम्मेवारी सुनिश्चित गर्ने वचन दिएका छन् । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ३८ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको