१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धार्मिक शहिदहरुको सम्झना गर्दै सकियो माहेर्रम पर्व



नेपालगञ्ज । धर्मरक्षाका लागि शहिद भएका ईमाम हुसेन र ईमाम हसनको सम्झनामा मनाईने मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहर्रम पर्व आज सम्पन्न भएको छ । शहिदहरुको सम्झनामा १० दिन सम्म मनाईने मोर्रम पर्व आज बिधि पूर्वक ताजिया विसर्जन गरेर समापन गरिएको हो । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको धार्मिक शहिदको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम पर्व मनाउने गर्दछन् ।

मोहर्रम ईस्लामिक पात्रो अनुसार हिजरीको पहिलो महिना मनाईने गरिन्छ । नयाँ वर्षको १ तारिकदेखि १० तारिकसम्म घरघरमा ताजिया सजाएर ताजियाका अगाडि आफु पनि धर्म रक्षाका लागि शहिद बन्न (कुर्बानी गर्न) तयार रहेको कसम खाँदै यो पर्व मनाउने गरिन्छ । १० दिन सम्म बिधि पूर्वक ठेला मिलान, ढोल मिलान, झण्डा मिलान, मेहन्दी मिलान, आगो र जञ्जीरको मातम जस्ता कार्यक्रमहरु मोरैममा हुने गर्दछन् । विगतका वर्षहरुमा धुधामका साथ मनाईने यो पर्व अघिल्लो वर्षहरुबाट भने समान्य औपचारिक कार्यक्रम गरेर मनाईएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा अपनाउन विशेष कार्यक्रम नगरिएको मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए ।

ईराकको धार्मिक युद्धमा हत्या गरिएका धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया बिहीबार साँझ घरमा स्थापना गरी शुक्रवार साँझ ३ बजेपछि नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापनभएको उनले बताए ।

बिगतका वर्षमा मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्ज लगायतका क्षेत्रमा पुरै शहर झमिझकाउ बनाएर मनाईने गरेपनि यस वर्ष पनि कोरोना संक्रमणको त्रासका कारण झकि झकाउ समान्य तरिकाले माहर्रम सम्पन्न भएको छ । यद्देपी ताजिया सेलाउन निस्केको समुदयले नेपालगन्जको बजारी क्षेत्र आज भरिभराउ भएको थियो ।

 

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १० : २३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान