२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लुम्बिनी प्रदेशसभा सदस्य अजय शाहीको स्वतन्त्र पहिचान रहने सम्झौता सार्वजनिक, एमालेको ह्वीप नलाग्ने



बुटवल । लुम्बिनी प्रदेशसभामा सुर्य चिन्हबाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका अजय शाही माथि नेकपा एमालेले कारवाही गरेको भन्दै पदमुक्त गर्न माग गरिरहेका बेला एमाले र स्वतन्त्र समुहबीच भएको सम्झौता सार्वजनिक भएको छ । सुर्य चिन्हबाट निर्वाचन लडेका कारण उनीमाथि ह्वीप लागु हुने भन्दै ह्वीप विपरित सरकारमा सामेल भएको भन्दै पदमुक्त गर्न दवावस्वरुप लगातार प्रदेशसभा अवरुद्ध पारिरहेका बेला एमाले र स्वतन्त्र समुहबीच भएको सम्झौतापत्र सार्वजनिक भएको हो ।

सम्झौतापत्रमा सुर्य चिन्ह प्रयोग भएपनि सांसदहरुको पहिचान स्वतन्त्र हुने र स्वतन्त्र पहिचनकै आधारमा उनीहरुको गतिबिधिहुने उल्लेख गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेल र स्वतन्त्र समुहका तर्फबाट प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री हृदयेस त्रिपाठी, बिके गुप्ता कपिलवस्तु, पशुपतिदयाद मिश्र बाँके, ईश्वरदयाल मिश्र कपिलवस्तु र जगदिश शुक्ल बाँकेले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी प्रदेशका सदस्य अजय शाही स्वहि सम्झौता अनुसार स्वतन्त्र समुहबाट निर्वाचित भएका हुन् । एमालेले पदमुक्त गर्न भन्दै संसद अवरुद्ध पारिहेको अर्का सांसद विमला वली नेकपाबाट निर्वाचित भएकी सभासद हुन् । उनले गत बैशाखमा माओवादी केन्दै रोजेकी थिईन् । बैशाख २३ गते एमाले र माओवादी केन्द्रलाई छुट्टाछुट्टै ब्युँताईदिएपछि चैत्रको अन्तिम साता माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर वलीले माओवादी केन्द्रमा खुल्ने निर्णय गरेकी थिईन् ।

स्वतन्त्र समुहको सम्झौता पत्र र विमलाको स्वेच्छिक पार्टी रोजाई भएका कारण उनीहरुमा एमालेको ह्वीप नलाग्ने भन्दै प्रदेशसभा सचिवालयले उनीहरुलाई पदमुक्त गरेको छैन । सचिवालयले आवश्यक प्रमाण जुटाउन एमालेलाई आग्रह गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १० : ५१ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका