२४ माघ २०८२, शनिबार | February 7, 2026

मेलम्चीका थप ३४ घर पहिराको जोखिममा



सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका-८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।

स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए । पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे ।

वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

१७ परिवारलाई राहत वितरण

पहिराले प्रभावित मेलम्ची-६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीयवासी भीमसेन थापाको आग्रहमा मेलम्ची-४ थकनी निवासी गरिमा भोएज ट्राभलका सञ्चालक हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो ।

घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले हस्तान्तरण गरेका हुन् । रासस

प्रकाशित मिति : ६ भदौ २०७८, आइतबार  १ : २८ बजे

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २६ दिन बाँकी : चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न