३ पुस २०८२, बिहिबार | December 18, 2025

६ वटा प्रदेशले पायो माओवादी केन्द्रका ६ नयाँ इन्चार्ज



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरुको हेरफेर गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशमा इन्चार्जहरूको हेरफेर गरेको हो । यस अघि रहेका इन्चार्जहरु मध्य कोही सरकारमा सहभागी भएको र केही एमाले प्रवेश गरेका कारण जिम्मेवारीमा नयाँ नेतृत्व चयन तथा हेरफेर गरिएको मओवादी केन्द्रले जनाएको छ ।

बैठकले प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । त्यसैगरि बैठकले कर्णालीको इन्चार्ज शक्ति बस्नेत, लुम्बिनीमा चक्रपाणी शर्र्मा र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने विषयमा छलफल भएपनि टुङ्गो लागेको छैन ।

बैठकले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग सम्बाद गर्ने र एकठाँउमा ल्याउने प्रयत्न गर्ने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ८ : ३७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका