२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एमालेको बहिस्कारकाबीच लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री केसले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

केसीले गठबन्धनले यसअघि गरेको प्रतिवद्धताअनुसार अघि बढ्ने जनाउँदै प्रदेशलाई समृद्ध बनाउने ऐतिासिक मिशनलाई पुरा गर्न र नमुना प्रदेश बनाउन सहकार्यको हात बढाएको बताए । सरकारले लिएको महाअभियानमा एकतावद्ध साथ दिन आग्रह गरे । उनले आफुहरुलाई विश्वास गरेर राजनीतिक सहयात्राको नयाँ गोरेटो कोर्न आफुलाई विश्वासको मत दिन प्रतिपक्षी दललाई समेत आग्रह गरे ।

केसीले सहमति र सहकार्यको माध्यमबाट अघि बढ्ने जनाए । आफु मुख्यमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलले बधाई दिने सामान्य औपचारिकता समेत पुरा नगरेकोमा केसीले दुःख व्यक्त गरे । उनले संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्ने उद्देश्य पुरा गरिछाड्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री केसीले आफ्ना सबै दम्भ अहंकार समाप्त पारेर एकपट नयाँ संस्कार र नयाँ रुपान्तरणमा अघि बढ्न आग्रह गरे ।

मुख्यमन्त्री केसीले विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी दल एमालेले भने बैठक बहिस्कार गरेको थियो । यसअघि आजै बसेको पहिलो बैठकमा एमालेका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले आफुले कारवाही गरेको भनिएका दुई सांसद विमला वली र अजयबहादुर शाहीलाई पदमुक्त गर्नुपर्ने माग गरेको थियो। तर प्रदेशसभा सचिवालयले भने दुवै सांसदलाई पदमुक्त गर्ने कानूनी आधार नभएको निस्कर्ष निकाल्दै पदमुक्त गर्न अस्वीकार गरेपछि एमालेले सभामुख पूर्णबहादुर घर्तीको नै राजीनामा मागेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ४ : २५ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा