१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

मनाङको तलेखु-भ्राताङ भीरमा ‘बम ब्लास्टिङ’



मनाङ । मनाङको मेरुदण्डका रुपमा रहेको तलेखु-भ्राताङ भीरमा नयाँ निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन सुरुआत गरेको हो ।

दुई महिना भन्दा बढीसो सडकमार्ग अवरुद्ध हुँदै आएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान कटेर ट्र्याक बनाउन सुरु गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उनले बताए ।

सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेसिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ थालिएको र केही समयमा ट्र्याक खुल्ने जानकारी दिए ।

ङिस्याङ गाउँपालिका-१ भ्राताङ भीरमा ब्लास्टिङ शुरुआत गरिएको छ। सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने, ‘मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु-भ्राताङ भीरमा बाढीपहिराले पूर्ण रुपमा सडकको निसान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो ।’

यस भीरमा सडकको ट्र्याक खुलाएपछि माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उनले बताए । गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्ग क्षतविक्षत् भएर अवरुद्ध भएको थियो । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिराले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ ।

सेनाले उक्त भीरको चट्टानलाई कोपेर र बम प्रहार गरी बाटो निर्माणको काम सोमबारदेखि थालिएको हो,’ उनले भने । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाइ बम राखेर ब्लाष्टिङ भइरहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार जेसिबी र एक्साभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ । बेँसीशहर-चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको छ ।

यस्तै चामेबाट माथिल्लो क्षेत्रमा सडक सञ्चालन भए पनि तलेखु-भ्राताङ भीरको सडक निर्माणका प्रक्रियामा छ । उक्त सडक क्षेत्रमा सडक मर्मतका लागि गृहमन्त्रालयमार्फत सेनाको हेलिकप्टरबाट इन्धन ल्याइएको थियो । गत जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । पुनः गत असार १ गते आएको बाढीपहिराले जिल्लाका धेरै स्थानमा पूर्ण रुपमा क्षतविक्षत् बनाएको थियो । यसका लागि स्थालमार्गको असहजताले गर्दा निर्माण कार्यमा सकस भएको छ ।

सडक निर्माण तथा मर्मतका लागि आवश्यकपर्ने सामग्री र इन्धन ढुवानीको सहज पहुँच नहुँदा निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयको भनाइ छ । बाढीपहिराको क्षति पु¥याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भए बमोजिम मर्मत थालिएको हो । बेँसीशहर-चामे सडक खण्ड १०७ किलोमिटर रहेको छ। सडक अन्तर्गत केही स्थानमा नयाँ ट्र्याक पनि खुलाउने प्रयासमा रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  १ : ०८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा