१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मादी नदीको कटानले ६६३ घर जोखिममा



तनहुँ । गत आइतबारदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माविलगायतमा क्षति पुग्ने देखिएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामका लागि पहल गर्ने आश्वासन दिएको टोल विकास संस्थाका सचिव तेजबहादुर नेपालीले बताए । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुंगे पुलआसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ८ : ५१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्