२० असार २०८३, शनिबार | July 4, 2026

एमाले विभाजन गर्न मध्यराति संसद अधिवेशन अन्त्य गरियो : अध्यक्ष ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् ।

पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट संसद्को अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाए । तर, उक्त अध्यादेशले आफ्नै पार्टीमा पहिरो जाने त्रासमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु रहेका र फेरि उनीहरुले सो अध्यादेशलाई सच्याउने ओलीको भनाइ छ ।

अनुचित ढंग र कार्यबाट प्रतिपक्षी दल एमाले फुटाउने कार्यमा सरकार लागेको उनको आरोप  छ ।

अध्यादेश जारी भएपछि एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साथै, महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । दुवै दल दर्ताका लागि आयोगले अहिले धमाधम सनाखत गराइरहेको छ । यदि दुवै दलले  केन्द्रीय सदस्य र संसदीय दलमा २०/२० प्रतिशत जुटाउन सके भने नयाँ दलको प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  १ : ०० बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा