७ आश्विन २०८३, बुधबार | September 23, 2026

उमेर नपुग्दै आमा बन्छन् किशोरी



रोल्पा । रोल्पाका किशोरीको उमेर नपुग्दै विवाह हुने र कम उमेरमा आमा बन्ने गरेका छन् । यसबाट उनीहरुमा मानसिक, शारीरिक तथा स्वास्थ्य समस्या देखिने थालेको पाइएको छ ।

जिल्लामा हुने विवाहमध्ये ३९ प्रतिशत विवाह १८ वर्ष मुनिका किशोरकिशोरीले गर्ने गर्दछन् भने करिब ७ प्रतिशत विवाह १५ वर्ष नपुग्दै हुने गरेको एक अध्ययनले देखिएको छ । गतवर्ष जिल्ला अस्पतालमा ३ सय ५४ ले प्रसूति सेवा लिए । ती मध्ये २० वर्ष मुनिका ५६ किशोरी रहेका बताइएको छ । तीमध्ये आठको सुत्केरीका क्रममा जटिलता देखिएपछि शल्यक्रिया गर्नुपरेको थियो । सोही अस्पतालमा सुरक्षित गर्भपतन गराएका १ सय ६७ मध्ये १७ जना २० वर्ष मुनिका किशोरी थिए ।

अनिच्छित गर्भधारण भएकामध्ये केही किशोरीले निजी क्लिनिकमा गएर गर्भपतन गराउने गरेको बताइएको छ । बालविवाहकै कारण किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य समस्या देखिने गरेको छ । किशोरीमा गर्भपतन गराउने दरसमेत बढ्न थालेको स्वास्थ्य कार्यालयको भनाइ छ ।

गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका चौध हजार ८ सय ७० मध्ये एकहजार १ सय २० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २ सय ५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए ।

गतवर्ष प्रहरीले मौखिक उजूरीका आधारमा ४३ बालविवाह रोकेको थियो । समुदाय तथा विद्यालयस्तरमा गठन भएका बालक्लबले बालविवाह हुन थालेको थाहा पाएपछि प्रहरीलाई उजूरी दिने संयन्त्र बनाएका छन् । त्यही संयन्त्रले दिएको सुराकका आधारमा प्रहरीले बालविवाह रोकेको हो ।

जिल्लामा बालविवाह विरुद्धको मुद्दा भने निकै न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालयले गतवर्ष बालविवाहको एउटा मात्रै मुद्दा परेको जनाएको छ । कन्यादान संस्कृतिले बालविवाहलाई बढवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेलकोे भनाइ छ । उनले भने, “बालविवाहकै कारण जिल्लामा विद्यालय जाने उमेरका १० प्रतिशत बालबालिका अझै विद्यालय बाहिरै छन् । ”

पढ्दापढ्दै विवाह गर्ने विद्यार्थी विवाहपछि कमैले मात्रै पढाइलाई निरन्तरता दिने गरेको पाइएको छ । यसका कारण जिल्लामा विद्यालय छोड्ने तथा कक्षा दोहो¥याउने सङ्ख्यासमेत घट्न सकेको छैन । कक्षा ५ मा छात्राको टिकाउ दर ९७।४ प्रतिशत रहँदा कक्षा ८ मा यो दर ९४।९ प्रतिशतमा झरेको देखिन्छ । कक्षा तथा उमेर बढ्दै जाँदा छात्राको टिकाउ दर घटिरहेको देखिन्छ ।

मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष तीर्था आर्चायका अनुसार सामाजिक सांस्कृतिक मूल्यमान्यताले बालविवाहलाई बढवा दिइरहेको छ । मौसमी बसाइँसराइ, गोठ बस्ने पराम्परा, मेला जात्राले जिल्लाका बालविवाहलाई प्रश्रय दिइरहेको छ उहाँको भनाइ छ ।

सजातीय विवाह भएमा परिवारले सहजै स्वीकार्ने र अन्तरजातीय विवाह भए मात्रै प्रहरीमा उजूरी पर्ने गरेको दलित अधिकारकर्मी तथा पत्रकार मानसिंह विकको भनाइ छ । “अन्तरजातीय विवाहलाई स्वीकार नगर्ने परिवारमा मात्रै यस्तो विवाह बदर गर्न उजूरी पर्ने गर्दछ ।” उनले भने ।

जिल्लामा रोल्पा नगरपालिका र सुनिलस्मृति गाउँपालिकाले मात्रै बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाएर अघि बढेका छन् । ती निकायले पाँच वर्षभित्र आफ्नो स्थानीय तहलाई बालविवाहमुक्त बनाउने गरी योजना बनाए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । बालविवाह विरुद्ध सामान्य सचेतनाका कार्यक्रमबाहेक थप प्रभावकारी कार्यक्रम देखिदैनन् ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  २ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई