२४ माघ २०८२, शनिबार | February 7, 2026

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाइ ओछ्यानमै मृत फेला



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ५९ वर्षीय आचार्य ओछ्यानमै मृत भेटिएका हुन ।

सुनसरीको इनरुवा नगरपालिका-३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा आचार्यलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीको भनाइ छ ।

मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । सो घटना प्रहरीले बिहान साढे १० बजेतिर थाहा पाएको हो ।घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ । स्रोतका अनुसार कान्छा भाइको निधन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घटनाको जानकारी गराइएको छैन ।

उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ । उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए । बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  १२ : १३ बजे

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल