१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा पदबाट राजीनामा



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन् ।

आफ्नो पार्टी नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामा दिएका हुन् ।
आचार्यले बैठकलाई सम्बोधन गर्दै भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

विपक्षी गठबन्धनको स्पष्ट बुहमत रहेको प्रदेशसभामा आफुले मागेको विश्वासको मत नपाउने भएपछि आचार्यलेले मतविभाजन हुनुअघि नै राजीनामा दिन बाध्य भएका हुन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, उनी भदौ २५ गतेदेखि नै अल्पमतमा परिसकेका थिए ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आचार्य विरुद्ध एकजुट भएका छन् ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश १ प्रदेशसभामा सभामुखसहित ९२ सांसद रहेका छन् । बहुमतका लागि ४६ मतको आवश्यक पर्छ । एमालेका ४१ सांसद रहेका छन् । यसैगरी कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद छन् । एमालेका एक जना सांसद गुलेफुन खातुन कीर्ते अभियोगमा फरार रहेका छन् ।

यसअघि यही कात्तिक ५ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । तर नेपाली कांग्रेसको अन्तरविरोधका कारण बैठक प्रभावित भएको थियो । कांग्रेस र एमालेले प्रदेशसभा बैठक स्थगित गर्न लिखित सूचना दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ४७ बजे

सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास