२० मंसिर २०८२, शनिबार | December 6, 2025

चितवनको सेती दोभानमा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध



चितवन । लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने सेती दोभानमा पहिरो खसेको हो । गएराति ८ः३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

पहिरोले सडक अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन ।

अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ ।

सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : २६ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय