७ आश्विन २०८३, बुधबार | September 23, 2026

पहिराले घर लगेपछि खुला चौरको बास



जाजरकोट । गत साउन १६ गते नलगाड नगरपालिका-३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ ।

त्यसैगरी साउन ३१ गते नलगाड-४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ। पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसिरहेको उनले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे ।

पहिराका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ ।

नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ ।

जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ९ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई