१२ असार २०८३, शुक्रबार | June 27, 2026

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस



काठमाडौं । नेपाल बक्सिङ्ग संघको आयोजनामा साता व्यापि विविध कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा पाँचवटा बक्सिङ्ग शो म्याचहरुको आयोजना गरिएको थियो । जस अन्तर्गत ६७ किलो तौल समुहा शनिल शाही र भुपेन्द्र थापा, ५२ किलो तौल समुहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ किलो शुस्मा तामाङ्ग र माला राई, ६९ किलो तौल संगिता सुनवार र सरस्वति रानामगर तथा ६० किलो तौल आभास प्रताप शाह र रोशन अछामी बीच प्रदर्शनात्मक बक्सिङ्ग प्रयिोगिताको आयोजना गरिएको थियो । प्रदर्शनी खेल भएकोले दुईवटै सहभागीहरुलाई विजयी घोषित गरी सहभागि सम्पूर्ण खेलाडहिरुलाई खादा, नगद तथा एक अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको टिशर्ट उपहारस्वरुप प्रदान गरिएको थियो । त्यसै गरी बक्सिङ्ग फर कज अन्तर्गत आज अनाथालयहरुमा गई बक्सिङ्ग खेलाडी तथा बक्सिङ्ग प्रेमीहरुले अनाथहरुका बीचमा गई स्वास्थ्य उपकरणहरु मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरु हस्तान्तरणका साथै बक्सिङ्ग सम्बन्धि ज्ञान पनि प्रदान गरीएको बक्सिङ्गको ज्ञान प्रदान गरिएको थियो ।

साताव्यापी कार्यक्रमहरु सञ्चालनकै क्रममा सातदोबाटोस्थितपरिषरमा सम्पुर्ण बक्सिङ्ग खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा संघकापदाधिकारीहरुले परिषरमा सरसफाई गरेका थिए ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य श्री राम अवालेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोईराला, नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि।क। नेपाल बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, नेपाल बक्सिङ्ग संघका केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा सिनेकर्मी प्रदिप बास्तोला, बक्सिङ्ग च्याम्पियनहरु विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ५६ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३