२० मंसिर २०८२, शनिबार | December 6, 2025

डुवान र बाढीले आवास ग्रुपको ६ उद्योगमा करोडौंको क्षति



बुटवल । विगत ३ दिनबाट भईरहेको वर्षा त्यसपछि आएको बाढीका कारण आवास ग्रुपले रुपन्देहीमा संचालन गरेको उद्योगहरुमा करोडौंको क्षति पुर्याएको छ । रुपन्देहीमा रहेका विभिन्न ६ वटा उद्योगहरुमा वर्षा र बाढी पसेर करोडौंको क्षति पु¥याएको सो ग्रुपका प्रवन्ध निर्देशक महेश थैवले जानकारी दिएका छन् । आवास ग्रुपले संचालन गरेको तिलोत्तमा नगरपालिका–१७ स्थित कोटिहवामा रहेका ६ वटा उद्योगहरुमा क्षति पुगेको संचालक थैवले बताए ।

उद्योग रहेको स्थानमा आज बिहान सम्मपनि जलमग्न रहेका कारण उद्योग छिर्न नसकिएको थैवले बताए । थैवका अनुसार उद्योगमा रहेका हाई भोल्टेजका मोटरहरु पानीमा डुबेका छन् भने करोडौंको कच्चा पदार्थ बाढीमा डुबेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गयरातीबाट वर्षा रोकिएपनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको उद्योगी थैवले बताए । स्टक र कच्चा पदार्थको मुल्इका आधारमा ५ करोड बढीको क्षेति भएको अनुमान गरिएको उनले बताए । वर्षा रोकिएपनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको कारण क्षेति भएको स्थान सम्म पुग्न सकिएको छैन, थैवले भने, ( वर्षा रोकिएसाग् क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेका छौं ।

कोटिहवामा रहेको आवास ग्रुपको एभरेष्ट फूड एण्ड वेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा बाढीले बढी क्षति पुर्याएको छ ।

लगातार परिरहेको वर्षा र त्यसपछीको बाढीले रातिको सिफ्टमा काम गरिरहेका मजदुरहरु समस्यामा परेपछि उनीहरुलाई उद्योगकै अग्लो स्थानमा बस्न भनिएको संचालक थैवले बताए । मानविय क्षति नभएपनि मजदुरहरुले बाढीका कारण मानसिक त्रास खेप्नु परेको उनले बताए । बाढी उद्योग भित्र पस्ने बेलामा करिव १०० को संख्यामा रहेका मजदुरहरुले कारखनामा काम गरिरहेका थिए । मजदुरहरु बस्ने अधिकांस घरहरुमा क्षति पुगेको थैवले जनाए । उद्योगहरुमा ७०० बढी श्रमिकहरुले नियमित रोजगारी पाईरहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ८ : ४६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय