१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

डुवान र बाढीले आवास ग्रुपको ६ उद्योगमा करोडौंको क्षति



बुटवल । विगत ३ दिनबाट भईरहेको वर्षा त्यसपछि आएको बाढीका कारण आवास ग्रुपले रुपन्देहीमा संचालन गरेको उद्योगहरुमा करोडौंको क्षति पुर्याएको छ । रुपन्देहीमा रहेका विभिन्न ६ वटा उद्योगहरुमा वर्षा र बाढी पसेर करोडौंको क्षति पु¥याएको सो ग्रुपका प्रवन्ध निर्देशक महेश थैवले जानकारी दिएका छन् । आवास ग्रुपले संचालन गरेको तिलोत्तमा नगरपालिका–१७ स्थित कोटिहवामा रहेका ६ वटा उद्योगहरुमा क्षति पुगेको संचालक थैवले बताए ।

उद्योग रहेको स्थानमा आज बिहान सम्मपनि जलमग्न रहेका कारण उद्योग छिर्न नसकिएको थैवले बताए । थैवका अनुसार उद्योगमा रहेका हाई भोल्टेजका मोटरहरु पानीमा डुबेका छन् भने करोडौंको कच्चा पदार्थ बाढीमा डुबेर काम नलाग्ने अवस्थामा पुगेका छन् । गयरातीबाट वर्षा रोकिएपनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको उद्योगी थैवले बताए । स्टक र कच्चा पदार्थको मुल्इका आधारमा ५ करोड बढीको क्षेति भएको अनुमान गरिएको उनले बताए । वर्षा रोकिएपनि उद्योग क्षेत्रमा पानीको सतह नघटेको कारण क्षेति भएको स्थान सम्म पुग्न सकिएको छैन, थैवले भने, ( वर्षा रोकिएसाग् क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेका छौं ।

कोटिहवामा रहेको आवास ग्रुपको एभरेष्ट फूड एण्ड वेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज, मिराज इन्डस्ट्रिज र निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा बाढीले बढी क्षति पुर्याएको छ ।

लगातार परिरहेको वर्षा र त्यसपछीको बाढीले रातिको सिफ्टमा काम गरिरहेका मजदुरहरु समस्यामा परेपछि उनीहरुलाई उद्योगकै अग्लो स्थानमा बस्न भनिएको संचालक थैवले बताए । मानविय क्षति नभएपनि मजदुरहरुले बाढीका कारण मानसिक त्रास खेप्नु परेको उनले बताए । बाढी उद्योग भित्र पस्ने बेलामा करिव १०० को संख्यामा रहेका मजदुरहरुले कारखनामा काम गरिरहेका थिए । मजदुरहरु बस्ने अधिकांस घरहरुमा क्षति पुगेको थैवले जनाए । उद्योगहरुमा ७०० बढी श्रमिकहरुले नियमित रोजगारी पाईरहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ८ : ४६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू