२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लगातारको वर्षापछि पहिरो खस्दा हेलम्बु मार्ग अवरुद्ध



सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरेका छन्। गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।

पैराबारीका घर जोखिममा

बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए ।

बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले जानकारी दिए । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ ।

ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको उनले दुःखेसो गरे । पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ५९ बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,