७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

साताको पहिलो दिनमा ओरालो लाग्यो सेयर



काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ ।

गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।

कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो । तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो ।

साताको पहिलो दिन ३०५२.२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ । आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ । आइतवारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो ।

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६०अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ विन्दुमा पुगेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० विन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो । साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो ।

आज भएको कारोबारमा भएका १३ उपसमुह मध्ये १२ उपसमुहको शेयर ओरोलो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो । यस्तै बैकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६ , होटल तथा पर्यटन ३१ दशमलव ७१ , बिकाश बैँक ५३ दशमलव १९ , हाईड्रो पावर ८९ दशमलव २६ , नन लाईफ ईन्स्यारेन्स २५३ दशमलव ०७ , उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २ , लाईफ इन्स्योरेन्स ३०४ दशमलव २,म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ । तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ ।

आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५मा खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ४ : २६ बजे

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा