२१ भदौ २०८३, आइतबार | September 6, 2026

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी



एजेन्सी । अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ । अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १० औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ ।

कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ । विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ ।

न्यूअर्लियन्स नजिकै अस्पतालको छाना आँधीले उडाएको छ । आँधीकै कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् । यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका