५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

अमेरिकाको लुइजियानामा शक्तिशाली आँधी



एजेन्सी । अमेरिकाको लुइजियानामा ‘आइडा’ नामक शक्तिशाली आँधी आएको छ । अचानक आएको समुद्री आँधीले तटीय क्षेत्र डुबाएको छ । आँधीपछि १० औँ हजार मानिसलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ ।

कयौँ अझै पनि उद्धारको पर्खाइमा रहेको जनाइएको छ । विद्युत सेवा अवरूद्ध हुँदा सात लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट बञ्चित भएको बीबीसीले जनाएको छ ।

न्यूअर्लियन्स नजिकै अस्पतालको छाना आँधीले उडाएको छ । आँधीकै कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।

दुई सय किलोमिटर प्रतिघण्टा वेगको गतिमा अघि बढिरहेको आँधीले थप विनाश निम्त्याउन सक्ने अमेरिकी राष्ट्रिय मौसम विभागले चेतावनी दिएको छ ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् । यसअघि कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ४० बजे

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी-२० मान्यता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा