२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

दल विभाजनमा सहभागी नबन्न एमालेद्वारा जनप्रतिनिधिहरुलाई निर्देशन (अपानीसहित)



काठमाडौं । नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलार्य निर्देशन दिएको छ ।

एमालेले अन्तरपाटी निर्देशिका अपानी जारी गर्दै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रको निर्णय कार्यान्वयन गर्दै दल विभाजनमा सहभागी नबन्न निर्देशन दिएको हो ।

भदौ ८ गते बसेको स्थायी कमिटी र १० गते बसेको केन्द्रीय कमिटी बैठकपछि आइतबार जारी गरिएको अपानीमा निर्वाचन आयोगको सूचनाबाट प्रभावित नहुन निर्देशन दिइएको हो । आयोगले दल रोज्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ १५ गतेदेखि २२ गतेसम्मको समय दिएको छ ।

अपानीमा भनिएको छ, २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ ।’

अपानीमा थप भनिएको छ, ‘अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/uml-Apani-12.pdf”]

 

 

 

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  १२ : ३१ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व