१६ बैशाख २०८१, आइतबार | April 28, 2024

किन बोलायो माओवादीले स्थायी समितिको आकस्मिक बैठक !



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा सोमबार दिउँसो स्थायी समिति बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघिदेखि बैठक बसिरहेको छ ।

बैठकमा पार्टीको सांगठनिक विषय र मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भैरहेको बताइएको छ । माओवादीको यसअघि बसेको स्थायी समिति बैठकले प्रदेश इन्चार्जहरु र सहइन्चार्ज तोकेको थियो ।

यस्तै आजै बिहान मात्र मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका दलहरुसँग छलफल भएपछि माओवादीले कुन कुन मन्त्रालयमा अडान लिने भन्ने विषयमा पनि बैठकमा छलफल हुँदैछ । मन्त्रालय बाँडफाँट शीर्ष नेतालेले टुंग्याउने गठबन्धनमा सहमति भएको छ ।

 

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ४४ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा