६ पुस २०८२, आइतबार | December 21, 2025

माओवादी केन्द्र पहिलो नम्बरको पार्टी नबनी देश बन्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले देश बनाउनका लागि माओवादी केन्द्र पहिलो पार्टी बन्ने पर्ने बताएका छन् । सर्लाही(काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी फेरि पहिलो नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गरेका हुन् ।

उनले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको उल्लेख गर्दै तरपनि उनीहरूले षडयन्त्रको प्रयास नछाडेको स्पष्ट पारे । प्रचण्डले प्रदेश १ र बागमती प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने दाबी गरे । प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र बागमती प्रदेशमा पनि ढल्ने बताउँदै संसदमा एमाले अध्यक्ष केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफुले सम्झाएको स्मरण गरे ।

उनले पार्टीलाई एक नम्बरमा ल्याउन कार्यकर्ताहरु शहर छाडेर गाँउ जान आवश्यक रहेको बताउँदै अभियान लिएर गाउँ-गाउँ जान सबै कार्यकर्तालाई आग्रह गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’ उनले आफ्नो पार्टीले मधेसमा कब्जा जमाउने समेत दावी गरे ।

प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिने जानकारी दिए । कार्यक्रममा सर्लाहीका बिभिन्न दलका कार्यकर्ताहरु पार्टी परित्याग गरेर माओवादी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ६ : ३६ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन