२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

मन्त्रालय भागवण्डा मिलाउन सत्तारुढ गठबन्धन छलफलमा



काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताको बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा नै छलफल भएको छ । बैठकमा गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँट गर्ने विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी छन् । गठबन्धनका शीर्ष नेताको बैठकबाट मन्त्रालय बाँडफाँट गर्ने विषयमा यसअघि नै सहमति भएको थियो ।

पाँच दलमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । बाँकी चार दलले कति मन्त्राललय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले भागवण्डामा सहमति गरेपछि मात्र दलहरुले आआफ्नो पार्टीबाट मन्त्री बनाउने नेताको नाम टुंग्याउनेछन् ।

असार २९ गते नियुक्त भएका प्रधानमन्त्री देउवाले ५० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा चारैतिरबाट आलोचना सुरु भएको छ ।

 

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : ३६ बजे

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा