६ पुस २०८२, आइतबार | December 21, 2025

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, अध्यक्षसहितका पदाधिकारी केन्द्रीय समितिबाटै



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले नेतृत्व चयन गर्न असफल भएपछि २३१ सदस्यीय केन्द्रीय समिति मात्र घोषणा गरेको छ ।

नेतृत्का आकांक्षीबीच विवाद भएपछि वाईसीएलले अध्यक्षसहित पदाधिकारी चयन गर्न असफल भएको हो । राजधानीमा तीन दिनदेखि जारी भर्चुअल राष्ट्रिय भेलामार्फत वाईसीएलले नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । अब, अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी नयाँ केन्द्रीय समितिलाई नै दिइएको छ । २३१ जना मध्ये विधानअनुसार २३ जना पछि मनोनयन हुनेछन् ।

सम्मेलनमा सहभागी युवाले नेतृत्व छान्न नसकेपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो । तर, माओवादी नेतृत्वले समेत संगठनको नेतृत्व चयन गर्न नसक्दा बाँकी पदाधिकारी र केन्द्रीय समिति पनि चयन हुन सकेको छैन । जसका कारण बन्द समेत सत्र लम्बिएको थियो ।

वाईसीएलको नयाँ अध्यक्षमा हालका उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यी मध्ये एक जनालाई छान्न नसकेपछि माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

वाईसीएलका हालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा ४० वर्षे उमेरहदका कारण विदा हुँदैछन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई फ्रयाक्सन इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ३ : ३५ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम