२८ चैत्र २०८२, शनिबार | April 11, 2026

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन, अध्यक्षसहितका पदाधिकारी केन्द्रीय समितिबाटै



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले नेतृत्व चयन गर्न असफल भएपछि २३१ सदस्यीय केन्द्रीय समिति मात्र घोषणा गरेको छ ।

नेतृत्का आकांक्षीबीच विवाद भएपछि वाईसीएलले अध्यक्षसहित पदाधिकारी चयन गर्न असफल भएको हो । राजधानीमा तीन दिनदेखि जारी भर्चुअल राष्ट्रिय भेलामार्फत वाईसीएलले नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । अब, अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी नयाँ केन्द्रीय समितिलाई नै दिइएको छ । २३१ जना मध्ये विधानअनुसार २३ जना पछि मनोनयन हुनेछन् ।

सम्मेलनमा सहभागी युवाले नेतृत्व छान्न नसकेपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो । तर, माओवादी नेतृत्वले समेत संगठनको नेतृत्व चयन गर्न नसक्दा बाँकी पदाधिकारी र केन्द्रीय समिति पनि चयन हुन सकेको छैन । जसका कारण बन्द समेत सत्र लम्बिएको थियो ।

वाईसीएलको नयाँ अध्यक्षमा हालका उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यी मध्ये एक जनालाई छान्न नसकेपछि माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

वाईसीएलका हालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा ४० वर्षे उमेरहदका कारण विदा हुँदैछन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई फ्रयाक्सन इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ३ : ३५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र