१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नगरपालिकाको भवन बनाउन एक करोडको जग्गादान



महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालय भवन निर्माणका लागि नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले एक करोड बराबरको जग्गादान गरेका छन् ।

औरही-८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने जग्गा उनले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरेको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए। उनले १४ कठ्ठा जग्गादान गरेका हुन् ।

‘हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौं,’ उनले भने, ‘सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।’

आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले बताए। ‘म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे,’ उनले भने, ‘आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गादान गरेँ ।’

अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ९ : ५३ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै