१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश १ का प्रदेशसभाका १० एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गर्दै



विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गर्नेभएका छन् ।दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित हुन लागेका हुन् ।

एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गर्न लागेका छन् । सनाखत गर्न जान लागेका सांसदहरुमा राजेन्द्र राई, सावित्रा रेग्मी, सुनिताकुमारी चौधरी, पदमकुमारी गुरुङ, राजन राई, गणेश काङमाङ, सरिता थापा, कृष्णकुमारी राई, खिनोलङ्वा लिम्बु, र उपेन्द्रप्रसाद घिमिरे ररहेका छन् । आज १० जना सांसदले एस पार्टीमा सनाखत गरेपनि पाँचजना आरु सांसद थपिने उनीहरुले दाबी गरेका छन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका मात्रै सभामुखसहित ५१ जना सांसद रहेका छन् । यी मध्ये एक जना सांसद फौजदारी अभियोग लागेपछि फरार रहेका छन् । प्रदेशमा हालसम्म एमालेको एकल बहुमतमा सरकार रहेको छ ।

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा विद्रोह गर्दै बनेको एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सांसदहरु जोगाउन तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । माधव नेपाल निकट आचार्य मुख्यमन्त्री बन्न पाउने भएपछि नेपालको साथ छोड्दै संस्थापन पक्षमा विलय भएका थिए । तर, १० जना सांसदले एमाले छोड्ने निश्चित भएपछि मुख्यमन्त्री आचार्य नियुक्त भएको १० दिन नवित्दै अल्पमतमा पर्नेभएका छन् ।

बहुमतप्राप्त दल विभाजित भएमा एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधनिक बाध्यता रहेको छ । तर, आचार्यले भने प्रदेशसभाको अंकगणित अनुसार विश्वास गुमाइसकेको अवस्था सिर्जना भएको छ । १० जना सांसद एकीकृत समाजवादीमा खुल्ने वित्तिकै मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना मात्र सांसद बाँकी रहन्छन् । प्रदेशसभामा बहुमत जोगाइराख्न ४६ सांसदको आवश्यकता पर्दछ ।

 

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १० : ५९ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज