१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ का प्रदेशसभाका १० एमाले सांसदले एकीकृत समाजवादीमा सनाखत गर्दै



विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गर्नेभएका छन् ।दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित हुन लागेका हुन् ।

एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गर्न लागेका छन् । सनाखत गर्न जान लागेका सांसदहरुमा राजेन्द्र राई, सावित्रा रेग्मी, सुनिताकुमारी चौधरी, पदमकुमारी गुरुङ, राजन राई, गणेश काङमाङ, सरिता थापा, कृष्णकुमारी राई, खिनोलङ्वा लिम्बु, र उपेन्द्रप्रसाद घिमिरे ररहेका छन् । आज १० जना सांसदले एस पार्टीमा सनाखत गरेपनि पाँचजना आरु सांसद थपिने उनीहरुले दाबी गरेका छन् ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका मात्रै सभामुखसहित ५१ जना सांसद रहेका छन् । यी मध्ये एक जना सांसद फौजदारी अभियोग लागेपछि फरार रहेका छन् । प्रदेशमा हालसम्म एमालेको एकल बहुमतमा सरकार रहेको छ ।

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा विद्रोह गर्दै बनेको एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सांसदहरु जोगाउन तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । माधव नेपाल निकट आचार्य मुख्यमन्त्री बन्न पाउने भएपछि नेपालको साथ छोड्दै संस्थापन पक्षमा विलय भएका थिए । तर, १० जना सांसदले एमाले छोड्ने निश्चित भएपछि मुख्यमन्त्री आचार्य नियुक्त भएको १० दिन नवित्दै अल्पमतमा पर्नेभएका छन् ।

बहुमतप्राप्त दल विभाजित भएमा एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधनिक बाध्यता रहेको छ । तर, आचार्यले भने प्रदेशसभाको अंकगणित अनुसार विश्वास गुमाइसकेको अवस्था सिर्जना भएको छ । १० जना सांसद एकीकृत समाजवादीमा खुल्ने वित्तिकै मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना मात्र सांसद बाँकी रहन्छन् । प्रदेशसभामा बहुमत जोगाइराख्न ४६ सांसदको आवश्यकता पर्दछ ।

 

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  १० : ५९ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई