१२ बैशाख २०८१, बुधबार | April 25, 2024

बाटोभरी पशुचौपाया, सडकभरी खाल्डाखुल्टी – बुटवल उपमहानगरको पहिचान



बुटवल । तपाई पूर्वबाट पश्चिमको यात्रा गर्दा होस् वा पश्चिमबाट पूर्वको यात्रा गर्दा, यदि बाटोमा पशु चौपायाले बाटो छेक्यो भने वा गाडी हल्लिएर गाडी भित्रै तपाईंको टाउको ठोक्कियो भने थाहा पाउनु होस् तपाईं बुटवल पुग्नुभयो । पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने बुटवलको पहिचान बनेको दुईवटा परिचयको बाटो भरी पशुचौपाया र सडकभरी खाल्डाखुल्डी ।

पछिल्लो समय उवडखावड उफार्दै गाडी गुडेको हेर्न सिद्धबाबा पुग्न पर्दैन । बुटवल उपमहानगरपालिका क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्ग क्षेत्र आफै सिद्धबाबाको भीरको बाटोलाई झल्को दिन काफी भएको छ । सिद्धार्थ राजमार्गको बुटवलका चारवटै प्रवेश विन्दुमा खाल्डैखाल्डा परेका छन् । पोखरा तर्फबाट आउने ट्राफिकचोक, नेपालगन्ज तर्फबाट आउने पुस्पलाल पार्क/अस्पताललाइन, भारतीय नाका पार गरेर बुटवल प्रवेश गर्ने राजमार्ग चौराहादेखि काठमाडौबाट बुटवल प्रवेश गर्ने बीसक्याम्प, जताततै खाल्डो परेको छ । बुटवल शहरको मध्यभाग मिलनचोकमा पनि खाल्डैखाल्डा छन् ।

प्रसुती गराउन अस्पताल आउँदै गर्दा बुटवल प्रवेश गर्नासाथ बाटैमा बच्चा जन्मियो भने अचम्म मान्नु पर्दैन, गुडिरहेको गाडीमा ठक्कर लागेर टाउकोमा टुटुल्को आएपनि अचम्म मान्नु पर्दैन र बुटवल प्रवेश गरेसँगै पशुचौपायाले लामो समय बाटो छाडेनन् भने पनि आश्यर्य मान्नु पर्दैन । बाटोभरी खाल्डो र सडकभरी गाईवस्तु बुटवलको पहिचान बनेको छ ।

पोखरा तर्फबाट गाडी चलाउँदै आएका बसका चालक भन्छन्, ‘अप्ठेरो बाटो सकियो भनेर लामो सास् फेरेको बुटवल प्रवेश गरेपछि झन अप्ठेरो रहेछ सडक त ।’ खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी साधन गुडाउन झनै सास्ती ब्यहोर्नु परेको सवारी चालकहरु बताउँछन् ।

प्रसुती गराउन अस्पताल आउँदै गर्दा बुटवल प्रवेश गर्नासाथ बाटैमा बच्चा जन्मियो भने अचम्म मान्नु पर्दैन, गुडिरहेको गाडीमा ठक्कर लागेर टाउकोमा टुटुल्को आएपनि अचम्म मान्नु पर्दैन र बुटवल प्रवेश गरेसँगै पशुचौपायाले लामो समय बाटो छाडेनन् भने पनि आश्यर्य मान्नु पर्दैन । बाटोभरी खाल्डो र सडकभरी गाईवस्तु बुटवलको पहिचान बनेको छ ।

२०७३ सालबाट सडक विस्तारको योजना अगाडि बढेपनि अधिकांश समय अदालतमा मुद्दा हाल्दै काम रोक्दै गर्ने परिपाटी बसेपछि सडकको कन्तबिजोग भएको हो । रुपन्देहीकै जनप्रतिनिधि विष्णु पौडेल अर्थमन्त्री भएका बेला आएर चौराहा चिडियाखोला सडक बिस्तारको पटके शिलान्यास गरेको पनि ९ महिना बढी भयो, तर सडकको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ ।

२०७३ साल चैत्रमा ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोध र साईट खाली हुन नसकेको बहानामा काम नगरी बसेको कन्चनजंगा विरुवा जेभीले साईट खाली भएर पुनः शिलान्यास भएको एक वर्ष पुग्नै लाग्दा पनि काम सरु नै नगरेपछि सिङ्गो बुटवलको मुल सडक खण्डहर जस्तै बनेको छ ।

पटकपटक अदालती मुद्दाका कारण काम गर्न नपाएको भन्दै म्याद थपाउँदै आएको कन्चनजंगा जेभीले सोही सडक देखाएर करोडौंको निर्माण सामाग्री बेच्ने गरेको स्रोतले दाबी गरेको छ । अदालतबाट मुद्दा किनारा लागिसकेपछि र सरकारी निकायबाट अवरोध हटाएर साईट क्लियर गरेपछि पनि ठेकेदारले काम नथाल्नुका पछाडि स्रोतको दाबी पुष्टि हुने अवस्था देखिएको छ ।

ठेक्का पाएदेखि हाल सम्म ३ पटक म्याद थप भएकोमा अघिल्लो २ पटक अदालतमा मुद्दा विचाराधिन रहेका कारण भएपनि अदालतबाट मार्ग प्रसस्त भएपछि पनि एक पटक म्याद थप भैसकेको छ । २०७७ माघ १४ गते अर्थमन्त्री पौडेलले बुटवलको राजमार्ग चौराहामा शिलान्यास गर्दा समेत ठेकेदार सुवित श्रेष्ठले मञ्चबाट भाषण गर्दै सोही दिनबाट काम सुरु गर्ने र एक वर्षमा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

पटकपटक अदालती मुद्दाका कारण काम गर्न नपाएको भन्दै म्याद थपाउँदै आएको कन्चनजंगा जेभीले सोही सडक देखाएर करोडौंको निर्माण सामाग्री बेच्ने गरेको स्रोतले दाबी गरेको छ । अदालतबाट मुद्दा किनारा लागिसकेपछि र सरकारी निकायबाट अवरोध हटाएर साईट क्लियर गरेपछि पनि ठेकेदारले काम नथाल्नुका पछाडि स्रोतको दाबी पुष्टि हुने अवस्था देखिएको छ ।

सडक डिभिजन कार्यालयले बेला बेलामा खाल्डामा गिट्टी हालेर पुर्ने गरेपनि वर्षाको पानीले बगाएर सडक पुरानै अवस्थामा पुर्‍याएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताउँछन् । ठेक्का पाएको कम्पनीलाई नै कडाई गरेर सडकमा ग्राभल र माटो हाल्ने काम भैरहेको उनले बताए । ठेकेदारले काम नगरेपछि गत असार १८ गतेमात्र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ठेकेदार कम्पनीका संचालक सुवित श्रेष्ठलाई कार्यालयमा बोलाएर कागज गराएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले प्रशासनमा झिकाएर श्रेष्ठलाई ८ दिन भित्रमा काम सुरु गर्ने गरी कागज गराएका थिए ।

उता बुटवल उपमहानगरपालिकाले बुटवलको सडकमा पुशैचौपाया देखिने दिन अब धरै नभएको जनाएको छ । उपमहानगरले शिवसामुदायिक वन क्षेत्रको ८ विगाहा जग्गामा पशुचौपाया व्यवस्थापन गर्ने गरी सम्झौता गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । ‘बारबन्धन, गोठ, हेरालु बस्ने घर बनाउने काम सम्पन्न भएको छ, अव पशु चौपायाका आहारा घाँस, परालको व्यवस्थापन भएलगत्तै बुटवलका सडकमा पशुचौपाया देखिँदैनन्’ मेयर सुवेदीले भने ।

सडक निर्माणका सम्बन्धमा भने वर्षा रोकिएको अवस्थामा एक महिनाकै अवधिमा राजमार्ग चौराहा र अस्पताल लाइनको सडक कालोपत्रे हुने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : १६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको