१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा समाहित, मुख्यमन्त्री भीम आचार्य अल्पमतमा



विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गरेका छन् ।

दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्।

एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गरेका छन्। सांसदहरु राजेन्द्र राई, सावित्रा रेग्मी, सुनिताकुमारी चौधरी, पदमकुमारी गुरुङ, राजन राई, गणेश काङमाङ, सरिता थापा, कृष्णकुमारी राई, खिनु लङवा लिम्बु, र उपेन्द्रप्रसाद घिमिरेले आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।

आज १० जना सांसदले एस पार्टीमा सनाखत गरेपनि पाँचजना आरु सांसद थपिने उनीहरुले दाबी गरेका छन् । १० सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमालेको एकल बहुमतको सरकार अल्पमतमा पुगेको छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका मात्रै सभामुखसहित ५१ जना सांसद रहेका छन् । यी मध्ये एक जना सांसद फौजदारी अभियोग लागेपछि फरार रहेका छन् । प्रदेशमा हालसम्म एमालेको एकल बहुमतमा सरकार रहेको छ ।

एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा विद्रोह गर्दै बनेको एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि सांसदहरु जोगाउन तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । माधव नेपाल निकट आचार्य मुख्यमन्त्री बन्न पाउने भएपछि नेपालको साथ छोड्दै संस्थापन पक्षमा विलय भएका थिए । तर, १० जना सांसदले एमाले छोडेपछि मुख्यमन्त्री  नियुक्त भएको १० दिन नवित्दै आचार्य अल्पमतमा परेका हुन् ।

बहुमतप्राप्त दल विभाजित भएमा एकमहिनाभित्र अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने संवैधनिक बाध्यता रहेको छ । तर, आचार्यले भने प्रदेशसभाको नयाँ अंकगणित अनुसार विश्वास गुमाइसकेका छन् । १० जना सांसद एकीकृत समाजवादीमा खुल्ने वित्तिकै मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना मात्र सांसद बाँकी रहन्छन् । प्रदेशसभामा बहुमत जोगाइराख्न ४६ सांसदको आवश्यकता पर्दछ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  २ : ३८ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई